Sign in

परिचयात्मक भेटघाट तथा ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम!

  • August 25, 2023
  • 12:33 PM

कोरियावासी नेपालीमा नमस्कार !
आज मिति 24 अगष्ट 20230 गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया (NRNA दक्षिण कोरिया) को नव निर्वाचित नवौं कार्यसमिति र नेपाली राजदुतावास दक्षिण कोरिया बीच परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा महामहिम राजदुत समक्ष एनआरएनए दक्षिण कोरियाकोअध्यक्ष श्री बुद्धि गुरुङ्गज्यूको अगुवाईमा कोरियावासी नेपालीले भोगिरहेको समस्याहरू दूतावासले दिने सेवाहरुको अफ्ट्यारो परिस्थिति सम्वन्धी ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्र माथि छलफल गरी दुतावासबाट समस्या समाधानको लागि सकारात्मक रहेको र कतिपय समस्यामा नीतिगत जटिलता रहेको र तत्काल कार्यान्यवनमा लान सकिने मागहरुको लागि पहल गर्ने आश्वासन व्यक्त गर्नु भएको थियो ।
ती बाहेक आर्थिक, लगानी, व्यापार, पर्यटन, खेलकुद र शैक्षिक क्षेत्रहरुमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया र नेपाली राजदुावास बीच सहकार्य र समन्वयमा कार्यक्रमहरु गर्ने छलफल र अनौपचारिक सहमति गरिएको थियो ।
समग्रमा भेटघाट कार्यक्रम फलदायी रहनुका साथै यसको लागि महामहिम राजदूत प्रा. डा. ज्योती प्याकुरेल भण्डारीज्यू लगायत उपनियोग प्रमुख पुष्पराज भट्टराईज्यू, श्रम सहचारी चन्द्रकला ओलीज्यू र दिृतीय सचिव सूर्य बहादुर थापाज्यूहरुमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया हार्दिक आभार व्यक्त गर्दछ ।
धन्यवाद!!!
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया