Sign in

NRNA दक्षिण कोरियाले २०२३ जुलाई २ मा नवौं महाधिवेशन गर्ने

  • January 01, 2023
  • 17:20 PM

NRNA दक्षिण कोरियाको २०२३ जुलाई मा हुने नवौं महाधिवेशन तयारी एंव बिबिध बिषयक
पत्रकार सम्मेलन कार्यक्रम

2022.12.31

2022.12.31, NRNA दक्षिण कोरियाले २०२३ जुलाई मा नवौं महाधिवेशन गर्ने

NRNA दक्षिण कोरियाको २०२२ डिसेम्बर १८ मा बसेको कार्यासमिति बैठेकले २०२३ जुलाई मा NRNA दक्षिण कोरियाको नवौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको उक्त निर्णय संगै NRNA दक्षिण कोरियाले महाधिवेशनको तयारी स्वरूप नया सदस्यता खोल्ने तयारी लगाएत सम्पूर्ण प्रक्रियाको मापदण्ड तथा मितिहरू तोक्ने कार्य पनि सोहि बैठक मार्फत गरेको यस विषयमा आफ्नो सरोकारवालाहरुलाई जानकारी दिने उद्देस्यसहित मिति २०२२ डिसेम्बर ३१ शनिबारका दिन जुम मार्फत नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सहजीकरणमा  “NRNA दक्षिण कोरियाको नवौं महाधिवेशन सम्बन्धि पत्रकार सम्मेलनकार्यक्रमको आयोजना गरेको

NRNA दक्षिण कोरियाको नवौं राष्ट्रिय महाधिवेशन निष्पक्ष मर्यादित रुपमा सम्पन्न गर्न नया सदस्यता सम्बन्धि प्रक्रियाले महत्तपूर्ण भूमिका खेल्दछ यसै कुरालाई मनन गरि नया सदस्यता दर्ता प्रक्रियालाई सहज निष्पक्ष बनाउन NRNA दक्षिण कोरियाले - जनाको प्रमाणीकरण (Verification) जसमा श्री दीपक पुन (अध्यक्ष, NRNA दक्षिण कोरिया), श्री बाबु काजी श्रेष्ठ (कार्यालय सचिव, NRNA दक्षिण कोरिया) तथा एक जना निर्णय हुन बाँकी पर्यवेक्षण (Supervising) समितिमा डा. विमल सुवेदी (ICC सदस्य, NRNA दक्षिण कोरिया), श्री सोम तामांग (ICC सदस्य, NRNA दक्षिण कोरिया) श्री कृष्ण प्रसाद गौतम(अध्यक्ष, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया) रहने गरि निर्माण गरेको जसमा  प्रमाणीकरण (Verification) समितिले सदस्यता प्रमाणित गर्न पाउने तथा नया सदस्यता दर्ता प्रक्रियामा केहि प्रक्रियागत तथा नीतिगत समस्य देखिएको खण्डमा पर्यवेक्षण (Supervising) समितिले उक्त समस्याउपर छानबिन गरि प्रमाणीकरण (Verification) समितिलाई छानबिन तथा समिक्षा गर्न  निर्देशन दिने गरि गठन गरिएको

साथै नया सदस्यता दर्ता प्रक्रियामा विगतका दिनहरुमा भोगेका समस्यालाई आउन नदिन तथा नया सदस्य बन्न चाहने व्यक्तिको हक/हितको संरक्षण गर्न NRNA दक्षिण कोरियाले नया सदस्यता दर्ता प्रक्रियामा सदस्य प्रमाणीकरण मापदण्ड निर्धारण गरेको जस अन्तर्गत कार्डको दुरुपयोग रोक्न Alien Registration Card को अगाडिको भागमा (जन्म मितिको भाग बाहेकको भाग छोपेर अथवा जन्म मितिको भाग मात्र रहने गरि), कार्डको पछाडिको भागमा VISA सहित रहने गरि लिने निर्णय गरेको साथै Alien Registration Card नभएको अथवा कार्ड सम्बन्धि सर्त पुरा नहुने खण्डमा प्रमाणीकरणको लागि माग भएको ब्यक्तिगत जानकारी दिनु पर्ने अथवा NRNA दक्षिण कोरियाको कार्यालय भ्रमण गरि अनुमोदन गर्नु पर्ने निर्णय गरेको साथै नया सदस्यता दर्ता प्रक्रियामा कसैको दाबी/ बिरोध भएको खण्डमा नया सदस्य माथि दाबी/बिरोध गर्न हप्ताको समय दिने कुनै सदस्य माथि दाबी/बिरोध परेको खण्डमा ब्यक्तिगत जानकारी मगाई अनुमोदन गर्ने ब्यक्तिगत जानकारी समयमा उपलब्ध नभएको खण्डमा अथवा अनुमोदन गर्ने क्रममा नया सदस्य प्रमाणीकरण मापदण्ड नपुगेको ठहर भएमा सो सदस्यता रद्ध गर्ने निर्णय भएको एसको साथै NRNA दक्षिण कोरियाको नया सदस्यताको निवेदन दिन योग्य हुनको निमित्त कम्तिमा कोरिया आएको मितिले १८० दिन काटेको हुनुपर्ने निर्णय गरेको

बिगतका दिनहरुमा देखिएको नया सदस्यता दर्ता प्रक्रिया सम्बन्धि समस्या मध्ये दर्ता प्रक्रिया समयमा भएको नभएको थाहा नहुने प्रमाणीकरण (Verification) समितिले चाहे अनुरुप हुने भन्ने रहेकोमा उक्त समस्या नआओस भन्ने हेतुले  NRNA दक्षिण कोरियाको उक्त बैठेकले नवौं महाधिवेशन तथा नया सदस्यता दर्ता प्रक्रिया सम्बन्धि सम्पूर्ण मितिहरू तोकेको उक्त तोकेको मितिहरु यस प्रकार रहेको

1.     NRNA दक्षिण कोरियाको नया सदस्यता खोल्ने मिति: ३१ डिसेम्बर २०२२, पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने

2.     सदस्यता बन्द हुने: २१ मे २०२३, बेलुकी ठिक ५ बजे 

3.     सदस्यता सुची प्रकाशन हुने: ४ जून २०२३, बेलुकी ठिक ५ बजे 

4.     दाबी/बिरोध पेश गर्ने समय: ४-९ जून २०२३, बेलुकी ठिक ५ बजे 

5.     सदस्यता अन्तिम नामावली घोसणा गर्ने: ११ जून २०२३, बेलुकी ठिक ५ बजे

6.     क्षेत्रको अधिवेशन सम्पन्न गर्ने : १८ वा २५ जून २०२३

7.     नवौं अधिवेशन गर्ने: २ जुलाई २०२३

8.     चुनाव गर्ने: जुलाई २०२३

अन्त्यमा NRNA दक्षिण कोरियाको क्षेत्रको अधिवेशन माथि उल्लेख भए बमोजिम जून १८ वा २५ मा गर्ने निर्णय भएको छ ।

 

धन्यवाद ! 

 

सन्तोष खड्का

                          प्रबक्ता