टेलीमेडिसिन सेवाः अब कोरियामा बसेरै स्वदेशी उपचार तपाईको स्वास्थ्यको लागि आधुनिक समाधान गैर आवासीय नेपाली संघ (NRNA), दक्षिण कोरियाले नेपालको धुलिखेल अस्पतालसँगको समन्वयमा आईतबार देखि शुक्रबार सम्म टेलीमेडिसिन सेवा प्रारम्भ गरेको छ। । धुलिखेल अस्पतालमा कार्यरत कुनै पनि विशेषज्ञ डाक्टरहरूद्वारा कम्प्युटरको माध्यमबाट विभिन्न रोगबारे परामर्श गर्ने व्यवस्था गरिएको छ । तपाईलाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या आएमा पोस्टर मा दिएको नम्बरमा viber, WhatsApp वा इमेल मार्फत आफ्नो नाम र समस्याको छोटो विवरण लेखेर पठाउनुहोस्। हामी तपाईको सम्बन्धित डाक्टरसंग सम्पर्क गरी तपाईको समस्याको समाधानमा सहयोग गर्नेछौं। धुलिखेल अस्पतालसँग सीधा सम्पर्कको लागि +9779801002403
हार्दिक धन्यवाद !!! आज मिति २०२४ अगष्ट १८ तारिख आईतबारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया द्वारा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित “तीज बिशेष कार्यक्रम-२०२४ ”मा हाम्रो निमन्त्रणालाई स्विकार्दै पाल्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । साथै यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाली राजदूतावास, सिओलका श्रम काउन्सेलर श्री चन्द्र कला ओली ज्यूलाई व्यस्तताका बाबजुत कार्यक्रममा उपस्थिति जनाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौ । साथै NRNA दक्षिण कोरियाको निमन्त्रणालाई स्वीकार्दै आफ्नो व्यस्तताको बाबजुद कार्यक्रममा पाल्नु भएका संस्थासंग आबद्द सम्पूर्ण अग्रज, संरक्षक, सल्लाहकार, पुर्व पदाधिकारी, पत्रकार, पंजीकृत सदस्य, ब्यावशायी, अन्य शुभेच्छुक संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु साथै सम्पूर्ण महानुभावहरुमा NRNA कोरिया हार्दिक धन्यवाद ब्यक्त गर्दछ । कार्यक्रमको फोटो तलको link मा click गरेर हेर्न अनि download गर्न सक्नु हुनेछ । धन्यवाद!!! गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया
हार्दिक निमन्त्रणा!!! गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया द्वारा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित “तीज बिशेष कार्यक्रम-२०२४ ” मा कोरियावासी सम्पूर्ण नेपाली महानुभावहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं । कार्यक्रम: NRNA कोरिया तीज बिशेष कार्यक्रम -२०२४ मिति: अगष्ट १८, २०२४ (आइतबार) समय: मध्यान्ह १२:०० बजे देखि बुलेकी ६:०० बजे सम्म स्थान: नेपाली थाई रेस्टुरेन्ट, दोङदेमुन, EXIT NO: 2 धन्यवाद! गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया