Sign in

"NRNA दक्षिण कोरियाको दोस्रो साधारणसभा सफलताका साथ सम्पन्न"

  • August 09, 2022
  • 14:27 PM

NRNA दक्षिण कोरियाको दोस्रो साधारणसभा २०२२–७ २४ तारिख अर्थात आइतबारका दिन भब्यताका साथ सम्पन्न भएको छ ।कार्यक्रमको पहिलो सत्रमा उपस्थित ब्यतिहरुले कार्यक्रम सफलताको शुभकामना एंव सल्लाह–सुझावहरु अदान–प्रदान गरेका थिए भने दोस्रो सत्रमा NRNA प्रतिनिधिहरुबाट गतबर्षको प्रगति तथा आर्थिक विवरण पेश गर्दै विधान सम्मेलन गरि NRNA दक्षिण कोरियाको दोस्रो साधारणसभा भव्यताका साथसम्पन्न गरिएको थियो।
उक्त कार्यक्रम NRNA दक्षिण कोरियाको अध्यक्ष दीपक पुनको सभापतित्व तथा नेपाल राजदुतावास दक्षिण कोरियाका कार्यबाहकराजदुत राम सिंह थापाको प्रमुख आतिथ्यता एंव NRNA दक्षिण कोरियाका संरक्षक ,सल्लाहकार , NCC प्रतिनिधि ,व्यबस्थापक प्रमुख ,आठौ कार्यसमितिका पदाधिकारी एंव विभिन्नसंघ, संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो।

"NRNA दक्षिण कोरियाको दोस्रो साधारणसभा सफलताका साथ सम्पन्न"
NRNA दक्षिण कोरियाको दोस्रो साधारणसभा २०२२–७ २४ तारिख अर्थात आइतबारका दिन भब्यताका साथ सम्पन्न भएको छ ।कार्यक्रमको पहिलो सत्रमा उपस्थित ब्यतिहरुले कार्यक्रम सफलताको शुभकामना एंव सल्लाह–सुझावहरु अदान–प्रदान गरेका थिए भने दोस्रो सत्रमा NRNA प्रतिनिधिहरुबाट गतबर्षको प्रगति तथा आर्थिक विवरण पेश गर्दै विधान सम्मेलन गरि NRNA दक्षिण कोरियाको दोस्रो साधारणसभा भव्यताका साथसम्पन्न गरिएको थियो।
उक्त कार्यक्रम NRNA दक्षिण कोरियाको अध्यक्ष दीपक पुनको सभापतित्व तथा नेपाल राजदुतावास दक्षिण कोरियाका कार्यबाहकराजदुत राम सिंह थापाको प्रमुख आतिथ्यता एंव NRNA दक्षिण कोरियाका संरक्षक ,सल्लाहकार , NCC प्रतिनिधि ,व्यबस्थापक प्रमुख ,आठौ कार्यसमितिका पदाधिकारी एंव विभिन्नसंघ, संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै संस्थाका बरिस्ठ उपाध्यक्ष संजीव कुमार राईले NRNA दक्षिण कोरियाको दोस्रो साधारणसभामाउपस्थित सम्पूर्णलाई कार्यक्रममा स्वागत मनत्ब्य राख्ने क्र्ममा NRNA दक्षिण कोरियाले गर्दै आएको कार्य सम्पादन तथा भाबीकार्यदिशाको बारेमा पनि प्रस्टाउदैं NRNA केन्द्रको वर्तमान परिस्थितिबाट NRNA दक्षिण कोरिया कत्ति पनि बिचलित नभई दुवै पक्षसंग सहकार्य गर्दै अघि बढ्ने बताए।
उक्त कार्यक्रममा विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य संगै NRNA दक्षिण कोरियाले गर्दै आएका कामहरुकोप्रसंशा गर्दै सुझावहरु प्रस्तुत गरेका थिए।
बक्ताहरुले मन्तब्य राख्ने क्रममा NRNA दक्षिण कोरियाले कोरोना महामारीको बिच पनि कोरियावाशी नेपालीहरुलाई टेवा पुग्नेविभिन्न कार्यक्रम जस्तै कृषि उद्यम सम्बन्धि कार्यक्रम, मानशिक स्वास्थ सम्बन्धि कार्यक्रम, आर्थिक सम्बन्धि कर्यक्रम लगाएतकाकार्यक्रमहरु सफलताका साथ सम्पन्न गरेकोमा बधाई दिदै कार्यक्रमहरु अब उपरान्त भौतिक उपस्थितिमा ब्यबहारिक किसिमकोकार्यक्रम गर्न सुझाब समेत दिए।
उक्त कार्यक्रममा NRNA दक्षिण कोरियाको नया बनेको होम पेज कार्यबाहक राजदुत तथा कार्यक्रमका प्रमुख अतिथि महामहिम रामसिंह थापाले उद्घाटन गरेका थिए।नया होम पेजमा भएका थप सेवा तथा सुबिधा जस्तै सदस्य बन्नको लागि आवेदन दिन मिल्ने, परामर्शसेवा लिन सकिने, जस्ता नया सुबिधाहरु उप्लाब्ध हुने बारेमा NRNA दक्षिण कोरियाका युवा संयोजक अनित थपलियाले प्रस्ट पारेकाथिए।
कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि महामहिम रामसिंह थापाले नेपाली राजदुतावास दक्षिण कोरिया र NRNA दक्षिण कोरिया बिचको सहकार्यको प्रसंसा गर्दै यस सहकार्यलाई अझै मझबुत बनाई कोरियाबसी नेपालीहरुको सम्पूर्णको हक र हितमाकम गर्नु पर्नेमा जोड दिएका थिए।उनले NRNA दक्षिण कोरियामा देखा परेका समस्याहरु (हुण्डी, मौसमी कामदार) हामी नेपालीहरुमध्ये बाट नै सिर्जना गरिएको र यसको समाधान गर्न हामी आफै सुध्रिनु पर्नेमा समेत जोड दिए।
कार्यक्रमको पहिलो सत्रलाई समापन पर्ने क्रममा NRNA दक्षिण कोरियाका अध्यक्ष दीपक पुनले संस्थाको वर्तमान परिस्थितिलाई प्रस्टपार्दै संस्थालाई संस्थागत गर्ने क्रममा आफु र आफ्नो कार्यसमिति रहेको जानकारी गराउनु भएको थियो ।उनले संस्थालाई अझै मझबुत र संस्थागत गर्न NRNA दक्षिण कोरियालाई NGO मा दर्ता गर्न लागि परेको हुदा सबै कोरियाबसीमहानुभावहरुको साथ र सहयोग अपरिहार्य रहने पनि जानकारी गराए।
कार्यक्रमको दोस्रो सत्रमा महासचिब रोशन भट्टराईले संस्थाको गत बर्षको सांगठनिक प्रतिबेदन(प्रगति विवरण) प्रस्तुत गरेका थिए।उक्त प्रस्तुतिमा NRNA दक्षिण कोरियाले गत वर्ष गरेका कार्यक्रमहरु जस्तै परामर्श सेवा, The NRNA Show, औपचारिक उम्मेदवारीघोषणा कार्यक्रम, नेपाली राजदुतावासको घुम्ती सेवा, NRNA Academy, NRNA पुस्तकालय, औधोगिक दुर्घटना न्यूनीकरणकालागि व्यवसायजन्य स्वास्थ तथा सुरक्षा सम्बन्धि अभीमुखीकरण तालिम, वृहत आर्थिक अन्तरक्रिया कार्यक्रम, मानसिक स्वास्थ्यसम्बन्धि कार्यक्रम, आठ दिने कृषि उधम सम्भावना र चुनैती सम्बन्धि तालिम २०२२, श्रमिकका समस्या तथा राजदूताबासले प्रदान गर्नेसेवा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आदि रहेको थियो । साथै यस्ता कार्यक्रमहरु सम्पन्न गर्न NRNA दक्षिण कोरियाले विभिन्न संस्थाजस्तै रास्ट्रीय युवा परिषद, Herald Times Korea, 법무법인 금성 (Keumseong Law Firm LLC), सऊल हेवा प्रहरी स्टेशन(외국인 치안봉사딘 발대식) संग गरेका सम्झौताको बारेमा पनि प्रस्ट पारेका थिए।
यस लगतै संस्थाका कोषाध्यक्ष खिम काउचाबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो।उक्त प्रस्तुतिमा
उनले संस्थाको गत बर्ष देखि अहिले सम्मको आम्दानी, खर्च र संचित रकमको प्रस्तुत गरेका थिए।साथै उनले संस्थाको हालको आर्थिकअवस्था त्यति मजबुत नभएकोले सम्पूर्ण कोरियावासी महानुभावहरुलाई सहयोग गर्न अपिल समेत गरेका थिए।
यस दोस्रो साधारणसभा कार्यक्रमको अन्तिम कार्यक्रमको रुपमा विधान सम्मेलन कार्यक्रम विधान समिति संयोजक डा. विमल सुवेदीलगाएतको समितिले NRNA दक्षिण कोरियाको विधान २००६,२०२१मा संसोधन सहित (हालको विधान) उपर गरिएको संसोधनकोमस्यौदा उपर छलफल पश्चात पारित गर्दै सम्पन्न भएको थियो । यस कार्यक्रममा विशेष गरि NRNA दक्षिण कोरियाको विधान२००६२०२१ संसोधन सहितमा रहेका त्रुटीहरुलाई सच्चाएर वर्तमानमा देखिएका समस्याहरुलाई पार लगाई कार्यसमिति निर्माण तथाअन्य प्रयोजनमा सहज हुने हिसाबले संसोधन गरिएको उनले जानकारी दिनु भएको थियो ।
Kamdar Dainik
सन्तोष खड्का
सौल/ दक्षिण कोरिया ।