Sign in

किमेमा सम्पन्न दूतावासको राहदानी घुम्ती शिविरमा ७० जनाले लिए सेवा

  • August 24, 2022
  • 16:47 PM


सिओल
एनआरएनए दक्षिण कोरिया ख्यङसान शाखाको आयोजना र नेपाली दूतावास सिओलको समन्वयमा आईतवार किमेमा राहदानी घुम्ति शिविर तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
राजधानी सिओलदेखी करीब ३ सय किलामिटर दक्षिणमा रहेको उक्त सहरबाट राहदानी नविकरण गर्न सिओल आउनुपर्ने झण्झटलाई सहजहोस भनेर उक्त कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष सानुराज मगरले जानकारी दिए ।


शिविरमा ७० जना नेपालीको राहदानी नविकरणकालागि निवेदन परेको नेपाली दूतावास सिओलका उपनियोग प्रमुख रामसिंह थापाले बताए ।

शिविरसँग चलेको अन्तरक्रिया कार्यक्रममा कोरियाकालागि नेपाली श्रम सहचारी रमा भट्टराईले सुरक्षित घरफिर्ती, कोरियामा श्रम कानुन, थेजिकम, कोरियामा नेपाली श्रमिकले अनिवार्य गर्नुपर्ने विमा लगायतका विषयमा जानकारी गराएकी थिईन् ।


कार्यक्रममा चिरञ्जीवी पाण्डे, सुनिल गुरुङ, उत्तम लामिछाने लगायतले कम्पनी परिवर्तन, कोरोना भिषाका नेपाल विदामा जाँदा गर्नुपर्ने श्रम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
सहभागिका जिज्ञासाका जवाफ दिँदै भट्टराईले नेपालबाट ईपियस श्रमिकको पहिलो चरणमा ५ वर्षकालागि मात्र श्रम गरिएको हुँदा ५ वर्षपछि कोरोना भिषा अवधिमा नेपाल विदामा जाँदा अनिवार्य श्रम गर्नुपर्ने बताईन् ।


करीब सय जनाको सहभागिता रहेको शिविरमा नेपाली दूतावाबाट उपनियोग प्रमुख रामसिंह थापा, उपप्रमुख सुर्य बहादुर थापा, श्रम कन्सुलर रमा भट्टराईको उपस्थिती थियो ।

एनआरएन कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले किमेपछि अब थेगुमा शिवर सञ्चालनको पहल गरिने जानकारी दिए । ५० जना सम्म सेवाग्राही भएमा देशमा सबै ठाउँमा गएर सेवा दिईने दूतावासको भनाई छ ।


शिव भुसाल

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १७:०३

खबर पेपर