उपरोक्त
सम्बन्धमा NRNA दक्षिण
कोरियाले मिति २०२२ डिसेम्बर ३१ तारिख देखि NRNA दक्षिण
कोरिया संग जोडिन चाहनुहुने सम्पूर्ण कोरियावासी नेपालीहरुको लागि नया सदस्यताको दर्ता प्रक्रिया खुल्ला गरेको जानकारी गरिन्छ । NRNA दक्षिण कोरियाले यस पटकको सदस्य
प्रमाणीकरण मापदण्ड यस प्रकार रहने गरि निर्धारण गरेको छ ।
1. Alien
Registration Card को अगाडिको भागमा (जन्म मितिको भाग बाहेकको
भाग छोपेर अथवा जन्म मितिको भाग मात्र रहने गरि)- कार्डको दुरुपयोग रोक्न, र
कार्डको पछाडिको भागमा VISA सहित रहने गरि लिने ।
2. Alien
Registration Card नभएको अथवा कार्ड सम्बन्धि सर्त पुरा नहुने
खण्डमा प्रमाणीकरणको लागि माग भएको ब्यक्तिगत जानकारी दिनु पर्ने अथवा कार्यालय
भ्रमण गरि अनुमोदन गर्नु पर्ने ।
3. नया
सदस्य माथि दाबी/बिरोध गर्न १ हप्ताको समय दिने र कुनै सदस्य माथि दाबी/बिरोध
परेको खण्डमा ब्यक्तिगत जानकारी मगाई प्रमाणीकरण
गर्ने र ब्यक्तिगत जानकारी समयमा उपलब्ध नभएको खण्डमा अथवा प्रमाणीकरण गर्ने क्रममा नया सदस्य प्रमाणीकरण मापदण्ड नपुगेको ठहर भएमा सो सदस्यता
रद्ध गर्ने ।
4.
NRNA दक्षिण कोरियाको
नया सदस्यताको निवेदन दिन योग्य हुनको निमित्त कम्तिमा कोरिया आएको
मितिले १८० दिन (६ महिना) काटेको हुनुपर्ने ।
5.
सदस्यता
आवेदकले NRNA South Korea को KEB
Hana Bank को खाता नम्बर (259-910205-83305), Account
Holder Name 엔알엔에
코리아 (NRNA)
मा २०,००० वोन (बिस हजार वोन) जम्मा गरेको भौचरको scan वा फोटो खिच्ने र आवेदनका
क्रममा Make Payment को Receipts मागेको ठाउँमा upload गर्ने ।
साथै NRNA दक्षिण
कोरियाको नवौं महाधिवेशन तथा नया सदस्यता दर्ता प्रक्रिया सम्बन्धि सम्पूर्ण मितिहरू यस प्रकार रहेको जानकारी
गरिन्छ ।
१.
NRNA दक्षिण कोरियाको
नया सदस्यता
खोल्ने मिति: ३१ डिसेम्बर २०२२, पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने
२.
सदस्यता बन्द हुने: २१ मे २०२३, बेलुकी ठिक ५ बजे
३.
सदस्यता सुची प्रकाशन हुने: ४ जून २०२३, बेलुकी ठिक ५ बजे
४.
दाबी/बिरोध पेश गर्ने समय: ४-९ जून २०२३, बेलुकी ठिक ५ बजे
५.
सदस्यता अन्तिम नामावली घोसणा गर्ने: ११जून २०२३, बेलुकी ठिक ५ बजे
६.
क्षेत्रको अधिवेशन सम्पन्न गर्ने : १८ वा २५ जून २०२३
७.
नवौं अधिवेशन गर्ने: २ जुलाई २०२३
८.
चुनाव गर्ने: ९ जुलाई २०२३
धन्यवाद !
गैर
आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया