Sign in

NRNA दक्षिण कोरियाको दोस्रो साधारणसभा सफलताका साथ सम्पन्न

  • August 09, 2022
  • 13:10 PM
  • Office Program

Event Details

मिति २०२२-७-२४ तारिख आइतबारका दिन NRNA दक्षिण कोरियाको दोस्रो साधारणसभा सफलताका साथ सम्पन्न भएको छ । यस कार्यक्रमको पहिलो सत्रमा उपस्थित महानुभावहरुबाट कार्यक्रम सफलताको शुभकामना तथा सल्लाह-सुझावहरु अदान-प्रदान गर्नुको साथै दोस्रो सत्रमा NRNA प्रतिनिधिहरुबाट गत बर्षको प्रगति तथा आर्थिक विवरण पेश गर्दै विधान सम्मेलन गरि NRNA दक्षिण कोरियाको दोस्रो साधारणसभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम NRNA दक्षिण कोरियाको अध्यक्ष श्री दीपक पुनको सभापतित्व तथा नेपाल राजदुतावास दक्षिण कोरियाका कार्यबाहक राजदुत महामहिम राम सिंह थापा ज्युको प्रमुख आतिथ्यतामा NRNA दक्षिण कोरियाका संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, NCC प्रतिनिधि ज्युहरु, व्यबस्थापक प्रमुख ज्यु, आठौ कार्यसमितिका पदाधिकारी ज्युहरु, साथै विभिन्न संघ, संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु, लगाएत NRNA दक्षिण कोरियालाई माया गर्ने सुभेच्छुक, अभियन्ता तथा अग्रज महानुभावहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
यस कार्यक्रम सफलताका साथ सम्पन्न गर्न हाम्रो आतिथ्यतालाई स्वीकार गर्दै आफ्नो अमुल्य समय प्रदान गर्नुको साथै आफ्नो महत्त्वपूर्ण विचार, राय र सुझाब राखिदिनु भएकोमा कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल राजदुतावास दक्षिण कोरियाका कार्यबाहक राजदुत महामहिम राम सिंह थापा ज्युलाई हार्दिक आभार ब्यक्त गर्दछौ । साथै हाम्रो अनुरोध लाई स्वीकार गर्दै पाल्नु भएका NRNA दक्षिण कोरियाका संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, NCC प्रतिनिधि ज्युहरु, व्यबस्थापक प्रमुख ज्यु, लगाएत विभिन्न संघ, संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु साथै सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।
आफ्नो अमुल्य समय प्रदान गर्दै अत्यन्तै मेहनत तथा जिम्मेबारीका साथ आफ्नो संयोजकत्वमा विधान संसोधन समिति निर्माण गर्दै विधान संसोधन मस्यौदा कार्यसमितिमा पास गरि विधान अधिवेशनमा पेश गराई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्बाह गर्नुभएकोमा NRNA दक्षिण कोरियाका ICC प्रतिनिधि तथा बिधान समितिका संयोजक डा. विमल सुबेदी ज्यु तथा सिङ्गो बिधान समितिलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
कार्यक्रमका हाईलाईट
१. NRNA दक्षिण कोरियाको होम पेज प्रमुख अतिथि द्वारा उद्घाटन
२. महासचिब श्री रोशन भट्टराई ज्यु द्वारा सांगठनिक प्रतिबेदन प्रस्तुत
३. कोषाध्यक्ष श्री खिम काउचा ज्युबाट आर्थिक प्रतिवेदन प्रस्तुत
४. विधान संसोधन सफलताका साथ सम्पन्न

  • Start Date: 2022 July 20
  • End Date: 2022 July 24
  • Event Category: Office Program
  • Venue: NRNA सभा हल- जोंगाक, लाईन नम्बर १, गेट नं: ४
  • Event type: AGM
  • Location: NRNA सभा हल- जोंगाक, लाईन नम्बर १, गेट नं: ४