Sign in

टेलीमेडिसिन सेवा

  • August 24, 2024
  • 11:22 AM

Activity Details

टेलीमेडिसिन सेवाः अब कोरियामा बसेरै स्वदेशी उपचार तपाईको स्वास्थ्यको लागि आधुनिक समाधान

गैर आवासीय नेपाली संघ (NRNA), दक्षिण कोरियाले नेपालको धुलिखेल अस्पतालसँगको समन्वयमा आईतबार देखि शुक्रबार सम्म टेलीमेडिसिन सेवा प्रारम्भ गरेको छ। । धुलिखेल अस्पतालमा कार्यरत कुनै पनि विशेषज्ञ डाक्टरहरूद्वारा कम्प्युटरको माध्यमबाट विभिन्न रोगबारे परामर्श गर्ने व्यवस्था गरिएको छ ।

तपाईलाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या आएमा पोस्टर मा दिएको नम्बरमा viber, WhatsApp वा इमेल मार्फत आफ्‌नो नाम र समस्याको छोटो विवरण लेखेर पठाउनुहोस्। हामी तपाईको सम्बन्धित डाक्टरसंग सम्पर्क गरी तपाईको समस्याको समाधानमा सहयोग गर्नेछौं।
धुलिखेल अस्पतालसँग सीधा सम्पर्कको लागि
+9779801002403